Prakash Adhikari October 27, 2024

काठमाडौं, ११ कार्तिक। साफ वुमन्स च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भारतविरुद्धको खेलमा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड देखाइएको छ ।

खेलको ५१ औं मिनेटमा रातो कार्ड पाएपछि उनले मैदान छोडेकि छन्। अब नेपाली टिम १० खेलाडीमा सीमित भएको छ ।

रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले रेफ्रीविरुद्ध नाराबाजी गर्नुका साथै मैदानमा पानीको बोतलसमेत फाले । तनावका कारण केहीबेर खेल रोकियो पनि।

मैदानको छेउमा उभिएर सुरक्षाकर्मीले दर्शकहरुलाई शान्त रहन भनेका थिए ।

नेपाली फरवार्ड सावित्रा भण्डारीले दर्शकलाई हात जोडेर शान्त रहन आग्रह गरेकी थिइन ।

साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा यो खेलको बिजेता फाइनल पुग्नेछ ।

Share Now