Prakash Adhikari October 29, 2024

काठमाडौं, १३ कार्तिक । आईसीसी विश्व कप लिग २ अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक ओडीआई श्रृखलामा नेपाली राष्ट्रिय टोली आज स्कटल्याण्डसंग खेल्दै छ ।

खेल नेपाली समयअनुसार मंगलबार राति ९ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरी खेल मैदानमा हुनेछ । अमेरिका श्रृखलामा नेपाल ,स्कटल्याण्ड र घरेलु टोली अमेरिकाको सहभागिता छ ।

२०२७ सम्म चल्ने विश्व कप लिग टु मा ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । हरेक सिरिजमा नेपालले ४ ओडिआई खेल खेल्ने छ । यो नेपालको तेस्रो सिरिजको दोस्रो खेल हो । यसअघि गत आइतवार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

नेपालबाट २ सय ८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । अमेरिकासंगको खेलमा नेपालको बलिड. पक्ष कमजोर रह्यो ।

स्कटल्याण्डले पनि यस सिरिजमा दोस्रो खेल खेल्दैछ । गत शुक्रवार भएको खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको थियो ।

लिग टु मा नेपाल ९ खेलमा ७ हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अंकका साथ सातौं स्थानमा छ । २०१९२०२३ लिग टु को विजेता स्कटल्याण्ड यसपटक ८ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ ।

नेपाल र स्कटल्याण्डबीचको हेड टु हेड

नेपाल र स्कटल्याण्डबीच हालसम्म ६ ओडिआई भएका छन् । जसमा दुवै टोलीले बराबर ३ खेल जितेका छन् ।

नेपालले स्टकल्याण्डविरुद्ध घरेलु मैदानमा २ खेलमा शतप्रतिशत जितको नतिजा निकालेको थियो । स्कटल्याण्डको घरेलु भूमीमा १ खेल जित र १ मा हार बेहारेको नेपालले तथस्ट भूमीमा खेलेको दुवै खेल हारेको छ ।

नेपालले स्कटल्याण्डसँगको पछिल्लो खेल जितेको थियो । अघिल्लो पटकको लिग टु मा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमान्चक जित हात पारेको थियो ।

सो खेलमा २ सय १४ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ३८ रनमा ८ विकेट गुमाएको अवस्थामा कप्तान रोहित कुमार पौडेल र करण केसीले नट आउट ७५ रन साझेदारीमा जित दिलाएका थिए ।

अमेरिका त्रिकोणात्मक श्रृखला अन्तरगतको हिलो खेल नेपालले कार्तिक ११ अमेरिकासंग खेलिसकेको छ । दोस्रो खेल आज नेपालले ग्राण्ड प्रेरी रंगशाला बेलुका ९ः१५ स्कटल्याण्डसंग खेल्दै छ। दोस्रो खेल पनि कार्तिक १३ स्कटल्याण्डविरुद्ध खेल्दै छ भने श्रृखलाको अन्तिम तथा चौथो खेल कार्तिक १७ गते अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी रंगशालामा नेपालले तेस्रो खेल खेल्ने छ ।चौथो तथा श्रृखलाको अन्तिम खेल नेपालले कार्तिक १९ गते स्कटल्यान्डविरुद्ध खेल्ने छ ।

आईसीसी लिग २ विश्वकप छनोट अन्तरगत अमेरिकामा भईरहेको त्रिकोणात्मक श्रृखलामा नेपालका तर्फबाट खेल्ने टोलीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, अर्जुन साउद, देव खनाल (वैकल्पिक)र सागर ढकाल (वैकल्पिक) रहेका छन् ।

नेपाली खेलाडीहरुले बलिडंमा सुधार गरे भने यो खेल जित्नसक्ने ठानिएको छ ।

Share Now