Prakash Adhikari October 31, 2017

 

काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले समस्त उद्योगी, व्यापारी तथा व्यवसायी समूहलाई नेपाली कांग्रेसले थालनी गरेको आर्थिक समृद्धिको अभियानमा साथ दिन अपिल गर्नुभएको छ ।

सोमबारको  मितिमा जारी गरि मंगलवार सार्वजनिक गरिएको वक्तव्यमा  भनिएको छ ,’ लामो राजनीतिक संघर्षपछि नेपाल संविधानको निर्माण र कार्यन्वयनसँगै नयाँ युगमा प्रवेश गरेको छ । स्थानीयतहको निर्वाचन सम्पन्न भैसकेको र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रक्रिया समेत सुरु भैसकेर हामी लामो राजनीतिक संक्रमणको अन्त्यतिर आईपुगेका छौ । अहिले समग्र देश प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको उत्सवमा छ । मंसिर १० र २१ गते हुने निर्वाचन पश्चात हामीले संविधान कार्यन्वयनको राजनीतिक कार्यसुची पुरा गर्नेछौ । संक्रमणकालको अन्त्यपछि अव नेपाललाई विकासको नयाँ युगमा प्रवेश गराउनु पर्ने चुनौती हाम्रा सामु छ । आर्थिक समृद्धिलाई राष्ट्रिय एजेण्डा बनाएर मुलुकलाई केही बर्षमै आर्थिक विकासमा निर्णायक बाटोतर्फ उन्मुख गराउनु हामी सबै लोकतन्त्रवादीहरुको साझा ध्येय हो ।’

उहाँले आर्थिक विकासको मोडल लोकतान्त्रिक शासन पद्धतीका विश्वव्यापी स्थापित मान्यता एवं खुला वजार अर्थतन्त्र र सामाजिक न्यायको छाता बाहिर गएर सम्भव नभएको उल्लेख गर्दै भन्नुभएको छ, लोकतान्त्रिक शासन पद्धतीको सुदृढिकरण र दु्रतगतिको आर्थिक विकास हाम्रो पहिलो प्राथमिकताको विषय भएकाले अव लोकतन्त्रवादीहरु फेरि एक हुनुपर्ने समय आएको छ ।

हामी नेपाली अर्थतन्त्रको निर्माणमा विषेश क्षमता प्रदर्शन गर्नु भएका व्यक्तिहरुलाई नेपालको आर्थिक विकास अभियानको नेतृत्वदायी भुमिकामा राख्न चाहन्छौ भन्दै प्रधानमन्त्री देउवाले अपीलमा उल्लेख गर्नुभएको छ, ‘उच्च दरको आर्थिक बृद्धि, समावेशी विकास, पुर्वाधार निर्माण, गरिवि निवारण र रोजगारीमा प्रत्यक्ष योगदान पु¥याउने एवं विकास कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्ने हाम्रो बृहत्तर सोच र कार्यक्रम छ । यसका लागि राष्ट्रिय र अन्तराष्ट्रिय लगानीकर्ताहरुका लागि नेपाल विश्वमै लगानी मैत्री वातावरण भएको मुलुकका रुपमा स्थापित गर्नुपर्ने चुनौती हाम्रा सामु छ । साथै गैर आवासिय नेपालीहरुले आर्जन गरेको पुँजी, सिप र क्षमतालाई नेपालमा परिचालन गर्ने वातावरण तयार गरेर सबैलाई आर्थिक समृद्धिको अभियानमा गोलवद्ध गर्नु पर्नेछ । ‘

नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभएको छ, नेपाली अर्थतन्त्रको समृद्धिमा विशिष्ट योगदान पु¥याउनु हुने वरिष्ठ उद्यमीहरु, नेपाल उद्योग बाणिञ्य महासंघ, नेपाल चेम्वर अफकमर्स र नेपाल उद्योग परिसंघको नेतृत्व गर्नुहुने सबै वर्तमान एवं पूर्व पदाधिकारीहरु, विभिन्न पेशा र व्यवशायमा रहेका व्यक्तित्वहरुलाई राष्ट्रिय समृद्धिको अभियानमा नेतृत्वदायी भुमिका निर्वाह गर्न नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ ।

Share Now

Leave a comment.