Prakash Adhikari November 17, 2024

काठमाडौं, २ मंसिर  । पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको निधन भएको छ ।

काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो ढुंगानाको निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनु भयो । ८३ वर्षीय ढुंगानाको कलेजो सम्बन्धी रोगको उपचार भइरहेको थियो ।

ढुंगाना २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुनुहुन्थ्यो । बारको पूर्वमहासचिव समेत भइसक्नु भएका ढुंगानाले मानवअधिकार र लोकतन्त्रका पक्षमा सदैव वकालत गर्दै आउनु भएको थियो । उहाँले नेपालको शान्ति प्रक्रियामा समेत महत्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो ।

Share Now