काठमाडौं, १६ मंसिर । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक बहुराष्ट्रिय कम्पनी एनसेलले जारी नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई प्रायोजन गरेको छ ।
एनसेल र लुम्बिनी लायन्सका बीचमा आजै यससम्बन्धी संझौतामा हस्ताक्षर भएको हो ।
यो हस्ताक्षर कार्यक्रममा लुम्बिनीले आफ्नो जर्सी प्रायोजकको नामसहित सार्वजनिक गरेको छ। उसले टिमको लोगो सहितको जर्सीको डिजाइन भने लुम्बिनीबाटै सार्वजनिक गरेको थियो ।
प्रायोजनमा डिपी लिमिटेड पनि
नेपाल डीपी लिमिटेड, एक निक्षेप सदस्य (डीपी कम्पनी, १० स्टक ब्रोकिङ्ग ) कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी) ले आगामी नेपाल प्रिमियर लिग एनपीएल २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ ।
नेपाल डीपी लिमिटेड फ्रेंचाइजको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ । सम्झौतामा हस्ताक्षर नेपाल डीपी लिमिटेडका प्रमख कार्यकारी अधिकृत अञ्जनराज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाको उपस्थितिमा भएको थियो ।
प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवद्र्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केटको बारेमा जनचेतना सिर्जना गर्नु हो । नेपाल डीपी लिमिटेडले यसको प्रवद्र्धक स्टक ब्रोकिङ्ग कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम आयोजना गर्नेछ । कम्पनीले नेपाल प्रिमियर लिगको अवधिमा आफ्ना सेवाहरुमा विशेष योजनाहरु पनि घोषणा गर्नेछ ।
लुम्बिनी लायन्स फ्रेंचाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दैछन । फ्रेंचाइजको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलाडी आईपीएल ई.सं. २०१६ विजेताका बेन कटिङ, पूर्व ग्(ज्ञढ वल्र्डकप विजेता क्यानडाका कप्तान उन्मुक्त चन्द, साद बिन जाफर, इंगल्याण्डका टम मुअर्स र वेस्ट इन्डिजका रेयमन्ड सिमन्स छन् । सन्दीप जोरा, विवेक यादव र सूर्या तामाङ राष्ट्रिय स्टारहरू हुन ।
नेपाल प्रिमियर लिगमा आठ फ्रेंचाइजहरूमा सहभागी हुनेछन् र लुम्बिनी लायन्सले २०८१ मंसिर १९ मा विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ ।


















