Prakash Adhikari December 8, 2024
janakpur vs SuPa
काठमाडौं, २३ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तरगत आज भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ ।
खेलमा चितवन राइनोजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम  १८.२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो ।
सुदूरपश्चिमको लागि इशान पाण्डेले ३५, सैफ जायवले १८, स्कट कुग्गेलिजनले १६, ब्राडन म्याकमुलनले १३, दिलप्रित बज्वाले १२, विनोद भण्डारीले १० र नरेन्द्र साउदले १०। १०  , नरेश बुढा ऐरले ५, आरिफ शेखले ४,कप्तान दीपेन्द्रसिंह ऐरीले १ रनको योगदान गरे । अविनास बोहरा शून्य रनमा रन आउट भए ।
सुदूरपश्चिमलाई रोक्ने क्रममा चितवन राइनोजका कप्तान कुशल मल्ल, रिजन ढकाल, जोन निकोल लफ्टि एटोन र अमर सिंह रौटेलाले २ । २ तथा  रनजीत कुँवर र सोहेल तनवीरले १ ।१ विकेट लिएका थिए ।
यस अगाडि  टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार गरेको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ५२ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए । त्यसैगरी रवि बोपारा १८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन बनाए भने कप्तान कुशल मल्लले १६ बलमा १३ रन जोडे । विपीन रावलले १७ रन बनाए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेनले दुई विकेट लिए भने सेफ जेब, दीपेन्द्रसिंह ऐरी र ब्रेन्डन मक्मलनले समान एक विकेट लिए ।
यससँगै चितवनले आफ्नो चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौँ र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग भने पराजित भएको थियो ।
Share Now