मस्को(रुस), १२ असार(एजेन्सी) । फ्रान्स र डेनमार्कबीचको खेल गोलरहित बराबरी टुङ्गिएसंगै दुबै टोली यस समूहबाट अन्तिम १६ प्रवेश गरेका छन्।
दोश्रो चरण प्रवेशका लागि डेनमार्कको लागि न्यूनतम बराबरी नतिजासँगै अष्टेलिया पराजित हुनुपर्ने अवस्था थियो। तर फ्रान्ससँग डेनमार्क र अष्ट्रेलियासँग पेरू हारेको अवस्थामा डेनमार्कको बाहिरिने संभावना पनि थियो।
फ्रान्सले अन्तिम १६ मा समूह डीको उपविजेता तथा डेनमार्कले समूह डीको विजेतासँग खेल्नेछ।
यस्तै यसै समूहमा रहेका अष्ट्रेलिया र पेरूबिच भएको अर्को खेलमा अेष्ट्रेलिया पेरूसँग २-० ले परजित भएको छ। अन्तिम १६ प्रवेशका लागि अष्ट्रेलियाका लागि आजको खेल जित्न आवश्यक थियो तर पेरूले उ माथि सान्त्वना जित हासिल गर्दै अन्तिम १६ को बाटो छेकिदियो।
पेरूले अष्ट्रेलिया विरूद्ध खेलको १८ औं मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो। पेरूका लागि आन्द्रे कारिलोले पहिलो गोल गरे । यस्तै ५० औं मिनेटमा पावलो गुरेरोले दोश्रो गोल गरेका थिए।
यस समूहमा यसअघि भएका दुई खेलमा फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई २–१ले र दोस्रो खेलमा पेरुलाई १–० गोलले पराजीत गरेको थियो। त्यस्तै पहिलो खेलमा डेनमार्कले पेरुलाई १–० गोलले हराएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियासँग १–१ गोलको बराबरी गरेको थियो ।