Prakash Adhikari December 15, 2024

कीर्तिपुर(काठमाडौं), ३० मङ्सिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच भैरहेको छ भने दोस्रो खेल दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स बीच हुने छ ।

दुवै टोलीको यो लिग चरणको अन्तिम खेल हो । यसअघिका ६ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ । विराटनगर किङ्ग्सले ६ मध्ये दुई खेलमात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ । सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ ।

काठमाडौं टस जितेर बलिड. गर्दै

आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेको छ ।

करण केसीले टस जितेर बलिङ रोजेका हुन् । विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । काठमाडौं प्लेअफमा स्थान बनाउँन जित आवश्यक छ । पराजित भएमा काठमाडौं पनि प्रतियोगिताबाट बाहिरिने छ ।

शनिवार पोखरा एभेन्जर्ससँग खेलेको टिममा काठमाडौंले २ परिवर्तन गरेको छ । शनिवार खेलेका राजु रिजालको स्थानमा शंकर राना तथा नाथन स्वटरको स्थानमा डान डाउथवेटले मौका पाएका छन् ।

करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजको प्लेइङ–११ जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश कंडेल, रसिद खान, शंकर राना, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी र डान डाउथवेट रहेका छन् ।

यता विराटनगरले भने शुक्रवार चितवन राइनोजसँग खेलेको टोलीमा दुई परिवर्तन गरेको छ । चितवनसँग खेलेका ओपनर मार्टिन गप्टिल र प्रतिश जिशी बेन्चमा रहँदा अनिल खरेल र इस्मात आलमले खेलमा मौका पाएका छन् ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सको प्लेइङ ११ मा लोकेश बम, इस्मात आलम, क्रिस सोल, निकोलस कीर्तन, बसिर अहमद, दिपक बोहोरा, अनिल खरेल, राजेश पुलामी मगर, सुवास भन्डारी र स्कट एडवार्डस रहेका छन् ।

Share Now