Prakash Adhikari December 15, 2024

कीर्तिपुर(काठमाडौं), ३० मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा पुगेको छ ।

आजको खेलमा सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाएको अवस्थामा अल आउट भयो ।

पोखराका लागि आन्द्रेश गौसले सर्वाधिक ३६ रन जोडे । रेमन रेफरले ३३ रन, किरण ठगुन्नाले ३२ रन, त्यस्तै दिनेश खरेलले १५, जेन मलिक १०, माइकल लिस्कले ५ रन कप्तान कुशल भूर्तेल र सुदीप अर्याल शून्य रनमा आउट भए । दिलिपनाथले १ रन जोडे भने सागर ढकाल एक रनमा नटआउट रहे ।

पोखरालाई रोक्ने क्रममा सुदूरपश्चिमका लागि स्कट कुगेलेनले ५ विकेट लिए । हर्मितले ३ तथा सेफ अली जेबले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गरेको थियो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । त्यस्तै ब्राण्डन मक्मुलनले २३ रन जोडे । इशान पाण्डेले १० रन जोड । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले २० रन जोडे । विनोद भन्डारीले १४ रन जोडे भने हर्मितले १३ रन ।

सुदूरपश्चिमलाई रोक्ने क्रममा पोखराका लागि कप्तान कुशल भूर्तेलले २ तथा रेमन राइफर, माइकल लिस्क र सागर ढकालले समान १ । १ विकेट लिए ।

जनकपुर बोल्ट्स प्लेअफ प्रवेश गर्ने पहिलो टोली बनेको थियो ।

आजको पहिलो खेलमा विराटगर किंग्सलाई १ विकेटले पराजित गर्दै काठमाडौं गुर्खाज प्लेअफ पुग्ने दोस्रो टोली बनेको छ ।

एनपीएलको समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सोमवार कर्णालीको सामना गर्नेछ ।

Share Now