कीर्तिपुर(काठमाडौं), ३ पौष । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) अन्तरगत आज भैरहेको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्यो ।
जनकपुरका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । खेलमा शुभ कसांकारले २६ रन, लाहिरु मिलन्था र हर्ष ठाकरले १२ । १२ रन , आशिफ शेख र अरनिको यादवले ११ । ११ रन, आकाश त्रिपाठीले ४ , मोहम्मद मोहसिन र शेर मल्लले ३ । ३ र किशोर महतोले २ रन जोडेका थिए ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ । १ विकेट लिए ।
यस खेलको विजेता टोली पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान बनाउँने छ । पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेलमा विजयी भएको कर्णाली याक्ससंग खेल्न पाउँनेछ ।
बिहीवार हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र यस खेलको पराजित टोलीले खेल्नेछन् ।
दोस्रो क्वालिफायर खेल बिहीवार हुनेछ ।
दोस्रो क्वालिफायरको विजेता र यस खेलको विजेता उपाधिका लागि खेल्नेछन् ।