Prakash Adhikari December 22, 2024
काठमाडौँ, ७ पुसः यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज धितोपत्र बजार परिसूचक १३.५३ अङ्कले घटेर २५८३.२९ बिन्दुमा कायम भएको हो ।
आज ३ सय १९ कम्पनीका ९१ लाख ८० हजार ७ सय १८ कित्ता शेयर ५७ हजार ८  सय ६३ पटक खरिदबिक्री हुँदा रू ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूह शून्य दशमलव ६५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ०५ र वित्त समूह एक दशमलव ४९ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ०१, लगानी एक दशमलव १८, जीवन बीमा शून्य दशमलव ८१, लघुवित्त शून्य दशमलव ३९, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ८२, व्यापार एक दशमलव ३५ र अन्य समू शून्य दशमलव ३७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बाहारी हाईड्रोपावर पब्लिक लिमिटेड र न्यादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य छ दशमलव ४० प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स फावर लिमिटेडको रू २२ करोड तीन लाख १२ हजार आठ सय ३४ बराबरको दुई लाख ५२ हजार एक सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
Share Now