मस्को(रुस),१४ असार । विश्वकप फुटबलमा बुधबारबाट लिग चरणका खेल सकिंदैछन्। समूह ‘जी र एच’ का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ।
बुधबार साँझ समूह एच का दुई खेल हुनेछन्। भोल्गोग्राद एरिनामा जापान र पोल्यान्डबीचको खेल हुनेछ भने सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खेल्नेछ।
यो समूहमा सुरुका दुई खेलमा ४ अंक जोड्न सफल जापान शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको सेनेगलको पनि ४ अंक नै छ। ३ अंक जोडेको कोलम्बिया पनि अर्को चरणमा उक्लिने आशामा छ।
यो समूहबाट पोल्यान्ड भने बाहिरिइसकेको छ। अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब छ।
आजै नै समूह जी का दुई खेल हुनेछन्। कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड बीचमा खेल हुनेछ भने मोरदोभिया एरिनामा ट्युनिसियाले पानामाको सामना गर्नेछ।
समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गरिसकेका छन्।
दुई टोलीबीच हुने भिडन्तले समूह विजेताको टुंगो लगाउनेछ