विष्णु पोखरेल / बीबीसी न्यूज नेपाली
काठमाडौं, १३ पौष । भारत र चीनबीच सीमाका विषयमा हालै भएको एउटा समझदारीबारे नेपालले चिन्ता गर्नुपर्ने विषय नभएको सरकारी धारणा सार्वजनिक भइरहेका बेला विज्ञहरूले चाहिँ उक्त मामिला गम्भीर भएको बताएका छन्।
कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतको मार्ग पुनः सुरु गर्ने दुई देशबीच समझदारी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपालको पश्चिमी सीमामा पर्ने भारत र नेपालबीच विवादित भूमिमानिएको लिपुलेक क्षेत्रबाट उक्त आवतजावत खुलाउन लागिएको र त्यसबारे नेपाललाई जानकारी नदिइएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका हुन्। उनीहरूले त्यसबारे नेपालले दुवै छिमेकीहरूलाई कूटनीतिक माध्यमुबाट सोध्नु पर्नेमा जोड दिएका छन्।
सरकारले के भन्यो ?
लिपुलेकलाई नेपाल र भारत दुवैले आफ्नो भनी दाबी गरिरहेका छन्।
उक्त विन्दुलाई भारत र चीनबीच आपसको आवतजावत तथा व्यापारिक नाका बनाउनेबारे सन् २०१५ मा पनि एउटा समझदारी भएको थियो।
त्यस बेला उक्त समझदारीको नेपालमा विरोध भएको थियो र दिल्ली तथा बेइजिङलाई काठमाण्डूले कूटनीतिक नोटसमेत पठाएको थियो।
यस पटक भने सरकारका प्रवक्ताले भारत र चीनका अधिकारीबीच भएको उक्त समझदारीबारे नेपालले खासै चिन्ता लिनु नपर्ने बताउनुभएको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले त्यस्तो बताउनुभयो।
उहाँले भन्नुभयो ,”मन्त्रिपरिषद् बैठकमा त्यस विषयमा लामो छलफल भयो । तर हामीले चिन्ता लिनुपर्ने गरी, हाम्रो सार्वभौमसत्तामाथि प्रश्न उठ्ने गरी भारत र चीनबीच सम्झौता भएको छैन भन्ने बैठकको निष्कर्ष रह्यो।”
पछिल्लो समझदारी के हो?
भारतका विशेष दूत बनेर चीन पुगेका त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा यही डिसेम्बर १८ मा एउटा बैठक भएको थियो।
दुवै देशहरूले विशेष प्रतिनिधिस्तरीय २३औँ बैठक भनिएको उक्त बैठकमा द्विपक्षीय हितका विविध विषयहरूमा कुराकानी भएको दुवै देशका विदेश मन्त्रालयहरूले जारी गरेका विवरणमा उल्लेख छन्।
त्यस क्रममा कोभिड महामारीपछि रोकिएको भारतीय तीर्थयात्रीको कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति पनि बनेको उल्लेख छ।
कोभिडपछि रोकिएको भारतीय तीर्थयात्रीको यात्रा दुई देशका सैनिकहरूबीच गलवान उपत्यकामा भएको झडपपछि फेरि सुरु हुन सकेको थिएन।
दुवै देशका विदेश मन्त्रालयहरूले जनाएअनुसार विशेष प्रतिनिधिहरूले आपसी हितका द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मामिलामा विचार आदानप्रदान गरेको थिए।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उहाँहरूले कैलाश मानसरोवर यात्राको पुनः सुरुवात, सीमापार नदीहरूको तथ्याङ्क आदानप्रदान र सीमा व्यापार लगायतका सीमापार सहयोग र आदानप्रदानका लागि सकारात्मक दिशामा निर्देशन प्रदान गर्नु भएको छ।”
विज्ञहरू के भन्छन् ?
सरकारले चिन्ताको विषय नभएको बताउनुलाई विज्ञहरूले गैरजिम्मेवार भनाइ भनेका छन्।
मानसरोवर यात्रासँगै लिपुलेक पनि जोडिने भएकाले नेपालले बेइजिङ र दिल्लीमा उनीहरूबीचको पछिल्लो समझदारीविरुद्ध प्रश्न उठाउनु पर्ने उनीहरू बताउँछन्।
भारतका लागि एक जना पूर्व राजदूत दीपकुमार उपाध्यायले अहिले दुवै देशले चलाखी गरेर लिपुलेक भन्ने शब्द वक्तव्यमा नराखेको जस्तो देखिएको बताउनुभयो ।
तर भारतबाट सीधै मानसरोवर तीर्थयात्रा जाने मुख्य बाटो भनेको नेपालको लिपुलेक भएर हुने भएकाले नेपालले त्यसबारे प्रश्न उठाउनु पर्ने उहाँको धारणा छ।
उहाँले बीबीसीसँग भन्नुभयो, “लिपुलेकबाहेक अन्य बाटै छैन। भारतले आफ्नो भूमिमा बनाउन सक्छ। तर नेपाल र भारत दुवै देशले ुविवादित भूमिु भनेर मानेको लिपुलेक नभइकन त जाँदैन।अहिले पनि लिपुलेकको नाम नराखी गरेको त्यही नै हो। मानसरोवर जानका लागि नेपाली भूमि कालापानी र लिपुलेक भएरै जानुपर्छ।”
उहाँले पहिले भारतले मात्र यो सीमा विवादमा अर्घेल्याइ गर्ने गरेकोमा अहिले नेपाललाई वास्ता नगरी चीनले पनि त्यस्तै गर्न थालेको बताउनुभयो ।
विसं २०७७ जेठमा नेपाल सरकारले गठन गरेको ुनेपाल(भारत सीमासम्बन्धी प्रमाण सङ्कलन कार्यका लागि विज्ञ समूहुका संयोजक विष्णुराज उप्रेती पनि मानसरोवर जानका लागि भारतले बनाएको सडक नेपाली भूमिहुँदै जाने बताउनुहुन्छ।
अहिले भारतको नियन्त्रणमा रहेको भए पनि नेपालले दाबी गर्दै आएको र प्रमाणहरूले नेपाली भूमि नै रहेको देखाएको क्षेत्रबाट मात्र भारतबाट चीन आवतजावत हुने अवस्था रहेको उहाको भनाइ छ।
“भारतले बनाएको सडक लिपुलेक भएर जाने भएकाले त्यो हाम्रो प्रत्यक्ष सरोकारको विषय हो र हुनुपर्छ”, उहाँले भन्नुभयो।
एकजना सीमाविद् बुद्धिनारायण श्रेष्ठ नेपालका लागि यो चिन्ताको विषय हुनुपर्ने बताउँनुहुन्छ।
“यो चिन्ताको विषय हुनुपर्छ। किन यसो गरियोरु यो त हाम्रो भौगोलिक अखण्डतासँग जोडिएको कुरा हो”, उहाँले भन्नुभयो।
उहाँले नेपाली नेताहरूले जहिले पनि अवसरवादी चरित्र देखाउने गरेको आरोप लगाउँदै अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मेसो मिलाउनका लागि सरकारले नै चिन्ताको विषय नभएको भनेको हुन सक्ने बताउनुभयो।
विज्ञहरूले सरकारले अहिले भारत र चीनबीच भएका समझदारीहरूको अध्ययन गरेर दुवै देशलाई आफ्नो भूमिको विषयमा गरिएको निर्णयबारे सोध्नुपर्ने बताउनुभएको छ।
उप्रेती भन्नुहुन्छ, “वक्तव्यमा आएकोभन्दा धेरै कुरा भारत र चीनबीच भएको जस्तो देखिन्छ। उनीहरूबीच सन् १९६२ देखिको सीमा विवाद टुङ्ग्याउने गरी समझदारी भएको भनिएको छ।अन्तर्देशीय पानीसम्बन्धी विवादमा पनि विवरण आदानप्रदान गर्ने भन्ने समझदारी भएको छ। यी सबै उनीहरूका रणनीतिक विषय हुन्। त्यसमा नेपालले चनाखो भएर हेर्नुपर्छ।”
उहाँले लिपुलेकको विषयमा नेपालले आफ्नो सरोकार राख्ने विषय भएकाले तत्काल त्यसबारे दुवै देशसँग चासो राख्नु पर्ने सुझाव दिनुभयो।
उहाँले अहिले भारतीय नियन्त्रणमा रहेका कालापानी तथा लिपुलेक क्षेत्रहरू नेपालको नै रहेको अकाट्य र सशक्त प्रमाणहरू फेला परेकाले नेपालले गम्भीर रूपमा त्यसबारे कुरा राख्नुपर्नेमा जोड दिनुभयो।
पूर्व राजदूत उपाध्यायले पनि नेपाल र भारतबीच सुस्ता र कालापानीलगायतका क्षेत्रहरूमा भूमिसम्बन्धी विवाद कायम रहेको भन्ने औपचारिक रूपमै मानेको र समाधानका लागि विदेश सचिवस्तरीय संयन्त्रले काम गर्ने भनिएको स्मरण गर्नुभयो।
“त्यसका लागि राजनीतिक तहबाट नै पहल नभइ हुँदैन। नेपालले वास्ता नगर्दा भारतीय कब्जामा हाम्रो भूमि छ तर त्यसका लागि हामीले बलियो कूटनीतिक पहल गर्नुपर्ने हो”, उहाँले भन्नुभयो।
सीमाविद् श्रेष्ठले पनि प्रमाणका आधारमा नेपालले कूटनीतिक ढङ्गले समस्या समाधान गर्न पहल गर्नुपर्ने र आफ्नो भूमि जोडिएको विषय आउँदा दुवै छिमेकीसँग स्पष्ट कुरा राख्नुपर्नेमा जोड दिनुभयो।
भारत-चीन समझदारीमा नेपालको असहमति
सन् २०१५ मा पनि भारत र चीनले लिपुलेक क्षेत्रलाई व्यापारिक नाकामा विस्तार गर्ने सहमति गरेपछि नेपालले दुवै देशसँग असन्तुष्टि प्रकट गरेको थियो।
त्यस बेला नेपालका प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो। उहाँले भारतीय प्रधानमन्त्री मोदीसमक्ष पनि त्यसबारे असहमति व्यक्त गर्नुभएको थियो।
त्यस बेला चीनले नेपालले पठाएको कूटनीतिक नोटको जबाफ दिए पनि भारतले नदिएको कतिपय अधिकारीहरू बताउनुहुन्छ।
त्यसैबीच सन् २०१९ को नोभेम्बरमा भारतले कश्मीरलाई दिएको विशेष राज्यको दर्जा खारेज गर्दै आफ्नो नक्सामा परिमार्जन गर्दा पनि नेपालले आफ्नो दाबी गरेका भूमिलाई समेटेको थियो।
उक्त नक्सामा कालापानीसहित आफूले दाबी गरेका भूभाग समेटिएको भन्दै नेपालले कूटनीतिक नोट पठाउँदा भारतले छलफलद्वारा समाधान खोज्ने तत्परता नदेखाएको नेपाली अधिकारीहरूले बताएका थिए।
उक्त विवादमाझ नेपालले आफ्नो नक्सा अद्यावधिक गर्दै संविधानमा संशोधन गरेपछि नेपाल र भारतबीच चिसोपन बढेको थियो।
पछिल्ला विवादबीच सीमा मामिला दुई पक्षीय बैठकहरूको मुद्दा बन्न छाडेको जानकारहरू बताउँछन्।
23rd Meeting of the Special Representatives of India and China
December 18, 2024
The 23rd Meeting of the Special Representatives (SRs) of India and China, respectively Shri Ajit Doval, National Security Advisor of India, and Mr. Wang Yi, Member of the Political Bureau of the Communist Party of China (CPC) Central Committee and Minister of Foreign Affairs, was held in Beijing on 18 December 2024.
2. The SRs met in accordance with the decision taken during the recent meeting between Prime Minister Modi and President Xi Jinping in Kazan for them to meet at an early date to oversee the management of peace & tranquillity in border areas and to explore a fair, reasonable and mutually acceptable solution to the boundary question.
3. The SRs reiterated the importance of maintaining a political perspective of the overall bilateral relationship while seeking a fair, reasonable and mutually acceptable framework for settlement of the boundary question, and resolved to inject more vitality into this process.
4. This was the first meeting of the SRs since frictions had emerged in the Western Sector of the India-China border areas in 2020. The SRs positively affirmed the implementation of the latest disengagement agreement of October 2024, resulting in patrolling and grazing in relevant areas.
5. Both SRs underlined the importance of maintaining peace and tranquillity in the border areas to promote overall development of the India-China bilateral relationship. They emphasised the need to ensure peaceful conditions on the ground so that issues on the border do not hold back the normal development of bilateral relations. Drawing on the learnings from the events of 2020, they discussed various measures to maintain peace and tranquillity on the border and advance effective border management. They decided to use, coordinate and guide the relevant diplomatic and military mechanisms towards this purpose.
6. The SRs exchanged views on bilateral, regional and global issues of mutual interest. They provided positive directions for cross-border cooperation and exchanges including resumption of the Kailash Mansarovar Yatra, data sharing on trans-border rivers and border trade. They agreed on the salience of stable, predictable and amicable India-China relations for regional and global peace and prosperity.
7. NSA called on H.E. Mr. Han Zheng, Vice President of the People’s Republic of China.
8. NSA invited Mr. Wang Yi to visit India at a mutually convenient date to hold the next round of SR meeting.
New Delhi
December 18, 2024