Prakash Adhikari January 1, 2025

न्यूयोर्क, १७ पुस, (रासस/सिन्ह्वा) :यो महिना संयुक्त राज्य अमेरिकाभरि असामान्य रूपमा ठूलो सङ्ख्यामा नोरोभाइरस प्रकोपले मानिसहरूलाई बिरामी पारिरहेको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ ।

पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार डिसेम्बरको पहिलो साता ९१ जनामा नोरोभाइरस प्रकोपको पुष्टि भएको छ । यो हालैका वर्षहरूमा सोही हप्तामा सीडीसीद्वारा रेकर्ड गरिएको सङ्ख्या भन्दा बढी हो ।

यसले कोभिड–१९ महामारी अघिका रेकर्ड गरिएका सङ्ख्यालाई पनि नाघ्छ ।

प्रत्येक वर्ष नोरोभाइरस प्रकोपले देशव्यापी अनुमानित १९ देखि २१ लाख मानिसहरूलाई बिरामी पार्छ । यसले अप्रिय ग्यास्ट्रोइंटेस्टाइनल लक्षणहरू निम्त्याउन सक्छ ।

यस महिना, लस एन्जलसको एक रेस्टुरेन्टमा नोरोभाइरसबाट कम्तिमा ८० जना बिरामी परेका थिए ।

फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले मानिसहरूलाई ‘ओइस्टर’ नखान सल्लाह दिएको छ । ओइस्टर समुद्री बासस्थानमा बस्ने विभिन्न परिवारहरूको लागि साझा नाम हो ।

Share Now