काठमाडौं, २१ पौष । आजदेखि जय ट्रफी मेन्स एलिट कप प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदैछन् ।
नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा एलिट कप मधेश प्रदेशको राजधानी जनकपुर र वीरगंजमा हुँदैछ ।जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशका बीचमा खेल हुँदै छ भने वीरगंजमा दुई नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीको टोलीबीच प्रतिस्पर्धा । दुवै खेल बिहान ९ बजे आरम्भ भएका छन् ।
दुई दिवसीय फर्म्याटमा खेलाईने खेलमा चार टोलीको सहभागिता रहेको छ । सिङ्गल राउण्ड रोविनका आधारमा लिग चरणका खेल हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । क्यानका अनुसार फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
सहभागी टिमका खेलाडीहरुको अन्तिम नामावली
मधेश प्रदेशको टोली
हरि शंकर शाह(कप्तान), मयन यादव, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमाशुं दत्त, प्रदिप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, राहुल मण्डल, शैलेन्द्र शाह र निरज कुमार यादव
वैकल्पिक खेलाडीहरु
अरनिको यादव, विशाल सुशलिङ, राज पटेल र सफवान अलि
नेपाल पुलिसको टोली
आरिफ शेख(कप्तान), कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरला
बागमती प्रदेशको टोली
सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी
त्रिभुवन आर्मी क्लबको टोली
विनोद भण्डारी(कप्तान), भीम सार्की, शाहब आलम, सुमित श्रेष्ठ, सोमपाल कामी, पवन कार्की, आकाश चन्द, सन्तोष कार्की, इम्रान शेख, तृत राज दास, बसिर अहमद, विवेक यादव, नरेन साउद, दुर्गेश गुप्ता र कुशल मल्ल