Prakash Adhikari January 7, 2025

काठमाडौं, २३ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको  सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पकोमा आज बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

 

साथै उहाँले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गर्नुभएको छ ।
–––

Share Now