Prakash Adhikari July 4, 2018

जुम्ला, २० असार । चिकित्सा शिक्षा अध्यादेश अनुरुपको प्रतिस्थापन विधेयकको माग गर्दै जुम्ला पुगेर अनसन बसिरहेका डाक्टर गोविन्द केसीको छातीमा समस्या देखिएपछि डाक्टरहरुले उनलाई अस्पतालको इमर्जेन्सी वार्डम भर्ना गरेका छन्।

उनको उपचारको जिम्मा पाएका डाक्टर प्रविण गिरिले केसीको छातीमा समस्या देखिएपछि बुधवार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी वार्डमा ल्याइएको बताए ।

डाक्टर केसी प्रतिष्ठानको कभर्ड हलमा शनिबार देखि अनसन बसिरहेका छन्। मंगलबार उनलाई अस्पताल सार्न माग गर्दा प्रशासनले अवरोध गरेको थियो ।

कभर्डहल फोहोर भएकाले त्यहाँ डाक्टर केसीको स्वास्थ्य कुनैपनि बेला विग्रन सक्ने चेतावनी डाक्टरहरुले दिएका थिए।

केसीको छातीमा समस्या भएर छटपटिन थालेपछि चिकित्सक संघ जुम्ला शाखाको नेतृत्वमा प्रतिष्ठानको इमर्जेन्सी वार्डमा भर्ना गरिएको हो।

Share Now

Leave a comment.