Prakash Adhikari July 5, 2018

काठमाडौं, २१ असार ।अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको रिल र रियल लाइफमा डेब्यु फिल्म ‘ड्रिम्स’ ले धेरै ठूलो छलाङ मारेको छ । उनी अहिलेकी सर्वाधिक ‘डिमाण्डेड’ अभिनेत्री हुन् । उनलाई लिएपछि निर्माताहरु आफ्नो लगानी सुरक्षित भएको ठान्दछन् ।

अभिनेत्री रेखा थापापछि नायिकाको स्टारडमको ‘भ्याकुम’ साम्राज्ञीले पूरा गर्नसक्ने धेरैको विश्वास छ । ‘ड्रिम्स’ पछि ‘ए मेरो हजुर २’ बक्सअफिसमा चम्किएपछि उनको चर्चा जति चुलिएको छ त्यति नै पारिश्रमिकको मामलामा पनि ‘टप’ स्थानमा छिन् ।

अभिनेता आर्यन सिग्देलको निर्माण र अभिनय रहेको फिल्म ‘कायरा’ मा उनले १० लाख पारिश्रमिक बुझेकी थिइन् । यसअघि यो रकम नेपालका कुनै पनि नायिकाले एक फिल्मबाट बुझ्न सकेका थिएनन् । आर्यनले साम्राज्ञीको स्टारडमलाई मध्यनजर गर्दै उक्त रकम सहजै दिए ।

यो फिल्म बक्सअफिसमा सफल भए साम्राज्ञीले हिट फिल्ममा ह्याट्रिकसँगै पारिश्रमिक पनि थप चर्काउने पक्का छ । ‘कायरा’ साउन १८ गतेबाट रिलिज हुँदैछ । पहिलो पटक चकलेटी हिरो आर्यन र अहिलेकी ‘हट केक’ साम्राज्ञीको जोडी पर्दामा देखिन लागेका कारण यो फिल्मप्रति दर्शकको चासो अलि बढी नै छ ।

आमाले गर्छिन् साम्राज्ञीको पारिश्रमिक डिल

हलिउड र बलिउडको कुरा गर्ने हो भने कुनै पनि कलाकारले पारिश्रमिकको डिल आफैं गर्दैनन् । उनीहरुले त्यसका लागि एक भरपर्दो व्यक्ति ‘हायर’ गरेका हुन्छन् । तर, नेपालको सन्दर्भमा त्यस्तो छैन । नेपालमा प्रायः कलाकारले पारिश्रमिकको डिल आफैं गर्ने गर्छन् ।

 

Share Now

Leave a comment.