कास्की, १९ माघ : गण्डकी प्रदेश पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा आज भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो ।
पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाएको थियो । तर, तेस्रो र चौथोमा पुनरागमन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो ।
अब गण्डकीले उपाधिका लागि आइतवार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेस्रो बनेको आर्मीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ ।
यसअघि आजै भएको महिलातर्फको दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोर्ट्सलाई ३-१ को सेटले पराजित गर्दै आयोजक टोली फाइलनमा पुगेको थियो । आयोजक टोलीले अब उपाधिका भोली एपिएफ क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो हुनेलाई २ लाख ८५ हजार ५ सय ५५ सय रुपैयाँ प्राप्त गर्नेछ।
आयोजक टोली टाइगर ग्रुप फाइनलमा प्रवेश
आयोजक टोली टाइगर ग्रुप पोखरा यहाँ जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो क्वालिफायरमा टाइगर ग्रुप पोखराले टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई ३–१ सेटले पराजित गरेको हो ।
पहिलो सेट १६–२५ अङ्कले गुमाएको टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको हो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९ अङ्कले, तेस्रो सेट २५–१५ र चौथो सेट २५–२३ अङ्कले आफ्नो पक्षमा पारेको हो । टाइगर गु्रपले उपाधिका लागि आइतबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पराजित भई तेस्रो भएको न्यू डायमण्डले रु एक लाख ८५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान रु पाँच लाख ८५ हजार पाँच सय ५५ तथा द्वितीय हुने टोलीलाई समान रु दुई लाख ८५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्नेछन् । महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीलाई जनही रु २५ हजार सात सय ७७ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।


















