अर्जुन ट्रफी क्रिकेटः बोस्टर्न क्रिकेट एकेडेमी झापालाई ७७ रनले हराउदै फ्रेण्ड्स क्लब डडेल्धुरा विजयी
धनगढी, २१ माघः
सीवाईसी अत्तरिया र फ्रेण्ड्स क्लब डडेल्धुराको दोस्रो जित
विवेक यादवको अर्धशतक तथा कमल गुप्ताको ५ विकेट सहयोगमा सीवाईसी अत्तरियाले लगातार दोस्रो जित हात पारेको छ ।
सोमवारको दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सिलेन्स सेन्टर(सीइसी)काठमाडौंलाई ८६ रनको फराकिलो अन्तरले हराएको हो ।
१ सय ४३ रनको लक्ष्य पछ्याएको सीइसीले १२.२ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो ।
सीइसीका लागि सोनु अन्सारीले सर्वाधिक १५ रन जोडे । विपिन आचार्यले ११ रन जोड्नु बाहेक सीइसीका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउँन सकेनन् ।
सीवाईसी अत्तरियाका लागि कमल गुप्ताले ३.२ ओभरमा १० रन खर्चिएर ५ विकेट लिए । दिपेश कंडेलले २ , सुशील साउद र शाहब आलमले समान १ । १ विकेट लिए ।
त्यसअघि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ८ विकेट क्षतिमा १ सय ४२ रन बनायो ।
अत्तरियाका लागि विवेक यादवले नट आउट रहँदै सर्वाधिक ५३ रन जोडे । उनले ३५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । कप्तान सन्तोष कार्की २६ बलमा २३ सन्दीप क्षेत्री १६ रन बनाए । शंकर रानाले १४ बलमा १४ रनमा आउट भए।
सीइसीका लागि युनिष ठकुरी र दिपेन्द्र रावतले समान २। २, सूर्य तामाङ, कप्तान नन्दन यादव र विपिन आचार्यले समान १ ।१ विकेट लिए ।
यो जितसँगै अत्तरियाले सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । अत्तरिया ४ अंकसहित समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । पहिलो खेलमा नै पराजित सीइसी अंकबिहिन रहेको छ ।
पहिलो खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरा विजयी
नगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरा विजयी भएको छ ।
पहिलो खेलमा डिसिए धनगढीलाई ८ विकेटले पराजित गरेको डडेल्धुराले लगातार दोस्रो जित निकाल्ने क्रममा आज बोस्टर्न क्रिकेट एकेडेमी झापालाई ७७ रनले हरायो ।
जितका लागि पाएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा झापाले १५ ओभरमा ९ विकेटको क्षतिमा ६६ रनमा सीमित भयो । उसका लागि सोनम बुढाथोकीले १७ र दीपु भुजेलले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ डडेल्धुराका कुशल भुर्तेलले ४, अजय चौहानले २, कप्तान सन्दीप जोरा, अजय चौहान र रवि विष्टले १÷१ विकेट झारे ।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको डडेल्धुराले खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा निर्धारित ओभरमा तीन विकेट गुमाएर १४३ रन जोड्यो ।
डडेल्धुराका लागि आयुषमान बम र कप्तान सन्दीप जोराले अर्धशतक प्रहार गरे । २३ रन जोड्दा २ विकेट गुमाएर धर्मराएको पारीलाई आयुषमान र सन्दीपले सम्हाले । यी दुवैबीच ८३ रनको महत्त्वपूर्ण साझेदारी भयो ।
तीस बलको सामाना गरेका जोरा ५१ रनमा आउट हुँदा चार छक्का र चार चौका प्रहार गरे । ओपनर आयुषमान ५७ रनमा नटआउट रहे । उनले ३६ बलमा ७ चौका र एक छक्का प्रहरा गरे । अविजित रहेका किरण ठगुन्नाले १० बलमा २ छक्का र एक चोकोको मद्दतमा २१ रन जोडे । ओपनर कुशल भुर्तेल २ रनमा आउट भए । विनोद भण्डारी ५ रनमा पवेलियन फर्के । बलिङमा झापाका अरुण ऐरीले दुई तथा पवन कार्कीले एक विकेट लिए । डडेल्धुराका आयुषमान बम प्लेयर अफ द म्याच चुनिए ।
जितसँगै डडेल्धुरा दुई खेलबाट चार अङ्कतालिकाको शीर्ष स्थानमा कायमै छ । साथै डडेल्धुरा सेमिफाइनल नजिक पनि पुगेको छ ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउने छन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
धनगढीमा क्रिकेट खेलको विकासका लागि महत्वपूर्ण योगदान गरेका प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।


















