गण्डकी, २२ माघः गण्डकी प्रदेश सरकारले माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विज्ञप्ति जार्री गरी गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जनाएको हो । “
प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार माघः २२ गते मङ्गलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो”, कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गर्नुभएको सूचनामा उल्लेख छ । —


















