Prakash Adhikari February 5, 2025

कीर्तिपुर(काठमाडौं), २३ माघ । महिला त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय श्रृखलामा नेपाल पाँचौ खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधवार दिउँसो १२ः१५ बजे सुरु हुने खेलमा दुवै टोली हालको श्रृखलामा तेस्रो पटक आमने सामने हुदैछन् । पहिलो र दोस्रो भेटमा नेपाल नेदरल्याण्ड्ससंग पराजित हुन पुगेको थियो ।

यो श्रृखलामा दुवै टोलीको यो पाँचौ खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स यस पहिले दुई जित हात पारिसकेको छ । थाइल्याण्ड र नेदरल्याण्ड्ससँग दुई दुई खेल खेलिसकेको नेपालले हालसम्म विजयको स्वाद चाख्न पाएको छैन ।

नेदरल्याण्डले नेपालसँगका दुवै खेल जित्दा थाइल्याण्डसँगको दुवै खेलमा पराजित भएको छ ।

कप्तान इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली महिला टोली बिन्दु रावल, सम्झना खड्का, रचना चौधरी, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सीता राना मगर रहेका छन् ।

नेपाली टोलीको बाँकी खेलतालिका

५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग

Share Now