काठमाडौं, २३ माघ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसन लाई रु ५ लाख आर्थिक सहायता प्रदान गरेको छ।
उक्त सहयोग फउण्डेसनमा अध्यनरत बिधार्थीहरुको शिक्षातर्फ खर्च हुने कम्पनीले जनाएको छ ।
सो सहयोग रकम एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तान्तरण गर्नु भएको छ ।
सबैका लागी शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसनलाई दिएको सो सहयोगले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।
सन नेपाल लाईफ इन्स्योरेन्सले १ सय ३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ ।
शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


















