काठमाडौं, २६ माघ । सिंहदरबार स्थित खानेपानी मन्त्रालयको दोस्रो तल्लामा भएको आगलागी नियन्त्रणमा आएको छ ।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।
नेपाल प्रहरीले आगो नियन्त्रण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीको आशङ्का छ ।
उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।
आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।


















