Prakash Adhikari July 10, 2018

 

सेन्ट पिट्सवर्ग, मस्को(रुस),२७ असार । रुसमा भैरहेको २१ औं संस्करणको फुटबल विश्वकपमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको छ ।

गए राती भएको सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १ गोलले हराएको थियो ।

सन् १९९८ मा ब्राजिललाई ३(० ले पराजीत गर्दै पहिलोपटक विश्व विजेता बनेको फ्रान्स तेश्रो पटक विश्वकप फाइनलमा पुगेको हो। फ्रान्स यस अघि सन् २००६ को विश्वकपमा इटालीसँग पेनाल्टीमा ५(३ ले पराजीत भएको थियो।

सेमिफाइनल खेलमा फ्रान्सका स्यामुयल उमटिटीले खेलको ५१औं मिनेटमा सो गोल गरेका थिए। उनले हेडिड. मार्फत गरेको सुन्दर गोल नै खेलको निर्णायक बन्यो ।

बेल्जियम पाँचपटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा आएको थियो।

फ्रान्सले विश्वकप उपाधिका लागि क्रोएशिया र इङ्ल्याण्डबीच हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ।

Share Now

Leave a comment.