काठमाडौं, १६ कार्तिक । प्रतिनिधि सभा र प्रदेश सभाको मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि आज बिहीबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
उम्मेदवारी मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले बिहीबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ ।
दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ता हुँदै छ ।
दोस्रो चरणमा एक करोड लाख ९८ हजार ८५२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।
प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले लोकतान्त्रिक र संघीय गणतन्त्रलाई संस्थागत गर्ने यो निर्वाचनमा राजनीतिक दलहरुको उत्साहजनक सहभागिता रहने अपेक्षा सहित मनोनयनमा सहभागिताका लागि आह्वान गरेका छन् ।
दोस्रो चरणअन्तर्गत पूर्वको इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० तनहँु, कास्की, स्याङ्जा, पर्वत, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके र बर्दिया, सल्यान, सुर्खेत र दैलेख, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र पश्चिमको डोटी जिल्लामा मतदान हुने कार्यक्रम छ ।
यसअघि नै मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लामा मनोनयन पत्र दर्ता भइसकेको छ ।
पहिलो चरण निर्वाचनबाट प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराइसकेका छन् ।