काठमाडौं, १ चैत्र । पञ्चकन्या पाइप र पानी ट्याड.कीका निर्माता समेत रहेको पञ्चकन्या समूहले विश्व प्लम्बर दिवस मार्च ११ को अवसरमा पाइप फिटिड.संग सम्बन्धित व्यक्तिहरुको सहभागितामा एक कार्यक्रम आयोजना गरेको छ ।
समूहले कुलेश्वरस्थित आफ्नो डिपो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विश्वभर सेवा प्रदान गरिरहेका प्लम्बरहरूको अमूल्य योगदानलाई सम्मान गरिएको थियो ।
विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट अतिथिहरू समेतको उपस्थिति रहेको सो कार्यक्रमका वक्ताहरुले राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने मेहनती प्लम्बरहरूको प्रशंसा गर्नुभएको थियो ।यस कार्यक्रममा कार्यक्रममा जिफन्ट नेपाल, बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, नुवाकोट प्लम्बर संघका अèयक्ष विजयकुमार मगर, भक्तपुर नगर समितिका सदस्य बालकृष्ण खैजु, बालाजु स्कूल अफ इन्जिनियरिङका सेनेटरी विभाग प्रमुख माधवप्रसाद अधिकारी, वरिष्ठ प्राविधिक गोकुल दंगाल लगायतका व्यक्तीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम अवधिभर वक्ताहरूले समाजमा प्लम्बरहरूले खेल्ने महत्त्वपूर्ण भूमिकाको बारेमा आफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो । उहाँहरूले प्लम्बिङ समुदायको काम र यस क्षेत्रमा पुव्याएको योगदानलाई मान्यता दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कायक्रममा यस क्षेत्रमा सेवा प्रदान गरिरहेका डिलर तथा ग्राहकहरुको समेत उपस्थित भई उहाँहरुले दिनुभएको योगदानलाई कदर गर्दै, पञ्चकन्या समूहले सबै उपस्थित प्लम्बरहरूलाई कृतज्ञताको प्रतीकको रूपमा उपहार समेत वितरण गरेको थियो ।
यो कार्यक्रमले प्लम्बिङ उद्योग तथा यस सेवामा लागेकालाई प्रवद्र्धन गर्ने र देशको लागि सुरक्षित र भरपर्दो पूर्वाधार सुनिश्चित गर्न प्लम्बरहरूको अत्यावश्यक भूमिकालाई स्वीकार गर्ने पञ्चकन्या समूहको समर्पणलाई उजागर गरेको छ ।
पञ्चकन्या समूह नेपालको अग्रणी औद्योगिक समूहहरू मध्ये एक हो, जसले यस क्षेत्रमा प्रदान गर्ने उच्च– गुणस्तरीय वस्तु तथा प्रदान गर्ने सेवाहरुमा र दिगोपनको लागि परिचित छ । यस समूहले गुणस्तर र नवीनताप्रति प्रतिबद्ध रही नेपालमा निर्माण र पूर्वाधार विकासको स्तर बढाउनमा ध्यान केन्द्रित गदै आएको छ ।


















