
काठमाडौं, २० चैत्र । नेपाल सुपर लिग अन्तरगत मंगलबार राति भएको खेलमा अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले ४ १ ले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ ।
दशरथ रंगशालामा मंगलबार राति सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई गरेको हो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १(१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल थपेको थियो ।
खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो । जर्ज प्रिन्स कार्कीको हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो ।
दशौं मिनेटमा धनगढीका कृतिश रत्न छुन्जुको कडा प्रहार पोष्ट नजिकैबाट बाहिरियो । २७ औं मिनेटमा धनगढीले सुनौलो मौका चुकायो । प्रिन्सको पासमा हिजाजीको प्रहार पोलमा लागेर फर्कियो । रिबाउन्डमा कृतिशको प्रहार विमल पाण्डेले रोके ।
३१ औं मिनेट बुटवल लुम्बिनी लयमा फर्कियो। मनिष डाँगीको कर्नरमा केन्टा हाराले गोल लाइन नजिकैबाट गोल गरे । उनले ब्याकहिलमा पहिलो टच गोलमा परिणत गरे । खेल १(१ गोलको बराबरीमा पुर्याए ।
३८ औं मिनेटमा लुम्बिनीका फत्तेमान घलेले बक्सको एजबाट हानेको प्रहारलाई धनगढीका गोल रक्षक वाइद बिरोले डाइभ गर्दै उत्कृष्ट बचाउ गरे । यसरी पहिलो हाफ १(१ को बराबरीमा सकियो ।
५० औं मिनेटमा धनगढीका हिजाजीको हेडर क्रसबारमा लागेर फर्कियो । यता ७३ औं मिनेटमा बुटवलका सुमित मल्लको क्रसमा मनिष सेंढाइको राइट फुटेड सट क्रसबारमा लागेर फर्कियो ।
खेलको ७५ औं मिनेटमा धनगढीले फेरि अग्रता बनायो । मार्की खेलाडी कृतिशले एकल प्रयासमा तीन डिफेन्डर र गोलकिपरलाई छक्याउदै आकर्षक गोल गरे । यो गोलमा धनगढीले २(१ को अग्रता बनायो ।
दबाब बनाएको धनगढीले ९० औं मिनेटमा मौका खेर फाल्यो । हिजाजीको पासमा प्रिन्सले हानेको प्रहारलाई गोल रक्षक वाइद बिरोले बचाए ।
यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा मोहम्मदको लङ क्रसमा बाउन्स भएको बलमा हिजाजीले ओपन पोष्टमा टुइट एङ्गलबाट गोल गरे । धनगढी यतिमा मात्र रोकिएन । इन्जुरी समयको नवौं मिनेटमा प्रिन्सको प्रहारलाई गोल रक्षक दीप कार्कीले बचाए । रिबाउन्डमा सर्जियो बार्बोजाले गोल गरे । यससँगै धनगढीले बुटवललाई ४(१ ले हरायो ।
धनगढीले ३ अंकका साथ एनएसएलमा सुखद सुरूवात गरेको छ। दोस्रो खेलमा पनि बुटवलले जित निकाल्न सकेन । उसले दुई खेलबाट १ अंक बनाएको छ। बुटवलले यसअघिको खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।
आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच खेल हुनेछ । यी दुवै टोली पहिलो जितको खोजीमा छन् ।