लिस्बन.(पोर्चुगल), ४ साउन । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधी सहितका केन्द्रीय स्तरका नेताहरु युरोपेली मुलुक पोर्चुगल आइपुगेका छन् ।
काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समितिको युरोप भेला तथा जनसम्पर्क समिति पोर्चुगलको पाँचौं अधिबेशनलाई सम्बोधन गर्न उपसभापति निधी सहितका नेताहरु बुधबार राती पार्चुगल आईपुगेका हुन् ।
निधीसहित पार्टीका केन्द्रीय सदस्य गोबिन्द भट्टराई, आमन्त्रीत केन्द्रीय सदस्य किरण पौडेल, ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल, केन्द्रीय सदस्यरमेश रिजाल र नवराज गुरुङ लगायतका कांग्रेस नेताहरु पोर्चुगल आइपुगेका हुन् ।
निधी सहितका कांग्रेस नेताहरुलाई स्वागत गर्न जनसम्पर्क पोर्चुगलका सभापति लक्ष्मीप्रसाद सापकोटा, संस्थापक सभापति पूर्णबहादुर हमाल लगायतका स्थानिय नेता तथा कार्यकताहरु लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
निधी लगायतका नेताहरुले यही शनिबार हुने जनसम्पर्क समितिको युरोप भेला र आईतबार हुने जनसम्र्पक समिति पोर्चुगलको पाँचौ अधिबेशनलाई सम्बोधन गर्नेछन् ।