Prakash Adhikari April 23, 2025

 

काठमाडौं, १० वैशाख । पोखरा थन्डर्स पहिलो पटक नेपाल सुपर लिग फुटवल प्रतियोगिताको फाइनलमा पुगेको छ । स्टेफन समिर बिनोङको निर्णायक गोलमा धनगढी एफसीलाई १-० ले हराउँदै पोखरा फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

बिनोङले इन्जुरी समयमा गरेको गोलले पोखरालाई पहिलो पटक फाइनलमा पुर्यायो। अब उपाधिको लागि पोखराले ललितपुर सिटी एफसीको सामना गर्ने छ । लगातारको दुई पटकको फाइनलिष्ट धनगढी भने यो पटक प्ले अफबाट नै बाहिरिन बाध्य भयो।

आजको खेल दुवै टिमको लागि फाइनल पुग्ने अन्तिम मौका थियो। तर दुवै टिमले पहिलो हाफमा उत्साहजनक प्रदर्शन गर्न सकेनन्। पहिलो हाफको इन्जुरी समयमा धनगढीका अहमद हिजाजीको पासमा दीपेश राईले बक्सभित्रबाट हानेको पावरफुल प्रहारलाई पोखराका गोल किपर गियाल्मो प्रिसोले बचाए।पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

खेलको ५९ औं मिनेटमा पोखराका स्टेफन समिर बिनोङले बक्सभित्रबाट हानेको प्रहार क्रस बार नजिकैबाट बाहिरियो।

६४ औं मिनेटमा पनि पोखराले मौका गुमायो‌। आयुष घलानको लङ क्रसमा सुदिल राईले हेडर पासलाई स्टेफन बिनोङले कनेक्ट गर्न सकेनन्। धनगढीका मोहम्मद अल जेलाई लागेर पोष्टतर्फ गएको बललाई धनगढीका गोल किपर वालिद विरोले बचाए। संभावित आत्मघाती गोललाई किपरले रोके।

८१ औं मिनेटमा पनि सुदिल राईको प्रहारमा गोल किपर वालिद बाधक बने। ८३ औं मिनेटमा पोखरा दश जनामा समेटियो। धनगढीका सर्जियो बारबोजालाई गौरव श्रेष्ठले फाउल हाने। रेफ्री प्रज्वल क्षेत्रीले दोहोरो पहेंलो कार्ड दिएपछि उनी मैदान बाहिरिंदा पोखरा दश जनामा सिमित भयो।

८८ औं मिनेटमा धनगढीका जर्ज प्रिन्स कार्कीको लङ रेन्ज प्रहारलाई पोखराका किपर प्रिसोले फुत्काए। सो बल अहमद हिजाजीले प्रहार गर्नुअघि नै किपर प्रिसोले कलेक्ट गरे। निर्धारित नब्बे मिनेटको खेल गोलरहित बराबरीमा सकियो।

थप गरिएको ६ मिनेटको इन्जुरी समय पोखराको लागि सुखद रहयो। इन्जुरी समयको तेस्रो मिनेटमा आयुष घलानको लेफ्ट फुट कर्लिङ कर्नर प्रहारमा बिनोङको हेडरले सही दिशा लियो । गोलरक्षक वालिदले बललाई हात लगाएपनि पोस्टबाहिर राख्न सकेनन् । यो सँगै पोखरा धनगढीलाई १-० को हार चखाउँदै फाइनलमा पुग्न सफल रहयो ।

सायद ४ जना मानिसहरू, फुटबल खेलिरहेका मानिसहरू, फुटबल खेलिरहेका मानिसहरू र 'EMERC ENC EMERCLENCY Y EDV EDVIEE Ee X19 PHAR Hero PREVEN UBASTUI' भन्ने पाठ को फोटो हुनसक्छ

धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी २(१ ले पराजित भएको थियो । तेस्रो संस्करणमा पहिलो पटक धनगढी क्वालिफायरमा हारेको हो । लिग चरणमा भने ३ जित २ बराबरी र १ हार सहित ११ अंक सहित धनगढी दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो ।

पोखरा थन्डर्सले भने इलिमिनेटरमा एफसी चितवनलाई ३(० ले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो । लिग देस चरणमा सुरूवाती दुई खेल हारेपछि पोखरा अपराजित रहेको छ ।

शनिबार फाइनल खेल शनिबार हुनेछ ।

Share Now