Prakash Adhikari April 26, 2025

चेन्नाई(तामिलनाडु, भारत), १३ वैशाख(एजेन्सी) । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत शुक्रवार राति भएको खेलमा सनराइजर्स हैदरबादले चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराएको छ।

जितको लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ बल बाँकी रहँदै विजय हासिल गर्यो।

टोलीका ब्याटरले सामूहिक प्रदर्शन गरे । इशान किसनलले टोलीका लागि ३४ बलमा ५ चौका र १ छक्कासहित ४४ रन बनाए ।

कामिन्डु मेन्डिसले ३२, ट्रेभिस हेड, अनिकेत शर्मा र नितिशकुमार रेड्डीले समान १९ रन जोडे।
हैदराबादलाई रोक्न चेन्नईका नुर अहमदले २, खलिद अजमत,अन्सुल कम बोज र रविन्द्र जडेजाले समान १ विकेट लिए।

त्यसअघि चेन्नाईस्थित एम ए चिदाम्बरम क्रिकेट मैदानमा सनराइजर्सले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिड. गरेको चेन्नईले १९ .५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय ५४ रन बनायो।

चेन्नईले निराशाजनक ब्याटिङ प्रदर्शन गर्यो। पहिलो पावर प्लेमा ५० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो। ओपनर शेख रसिद गोल्डेन डक आउट भए। साम कुरान ९ रनमा र अर्का ओपनर आयुष महात्रे ३० रनमा समेटिए।

कमजोर सुरुवात गरेको चेन्नईको इनिङ्स मिडल अर्डरले पनि जोगाउन सकेनन्। ठूलो साझेदारी बन्न सकेन्। निरन्तर अन्तरालमा विकेट झरि नै रहयो।

डिवाल्ड ब्रेभिसले २५ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै टोलीको लागि सर्वाधिक ४२ रन बनाए। दीपक हुड्डाले २२ र रविन्द्र जडेजाले २१ रन बनाए।

हैदरावादको बलिङमा हर्षल पटेल नायक बने।‌ उनले ४ ओभर बलिङ‌ गर्दै २८ रन मात्र खर्चदै ४ विकेट लिए। प्याट क्युमिन्सले २ विकेट झारे।

६ अंकपछि हैदराबाद अंक तालिकामा आठौं स्थानमा उक्लिएको छ।‌ चेन्नई ४ अंक सहित पुछारमा छ।

Share Now