Prakash Adhikari July 24, 2018

काठमाडौं , ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताउनु भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो “भ्रष्टाचार गर्दिन । कसैलाई गर्न पनि दिन्न र सबै काम पारदर्शी ढंगले गर्छु ।”

प्रधानमन्त्री ओलीले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकोले त्यसलाई इमान्दारिताका साथ पुरा गर्ने बताउनुभयो । “ म कुनै पनि काम पर्दा पछाडि गर्दिन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य जसरी पनि हासिल गरेर छोडिन्छ ।”

प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यलाई सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

३६ औं छिन्नलता पुरस्कार तथा सम्मानबाट गायक ज्ञानेन्द्र गदाल,बषन्त क्षेत्री,संगिता प्रधान राना,मेलिना चाम्लिङ राई पुरस्कृत हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले पुरस्कृत र सम्मानित व्यक्तिहरुलाई पुरस्कार र सम्मान प्रदान गर्नुभएको थियो ।
छिन्नलता गीत पुरस्कार गुठीबाट नवराज शिवाकोटी,शान्ती ठटाल,शिवशंकर थापा र कोमल वली सम्मानित हुनु भएको छ ।

Share Now

Leave a comment.