काठमाडौं, २० वैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भावी योजना र कार्यसम्पादन मूल्यांकनका लागि श्वेतपत्र जारी गर्नुभएको छ ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले आर्थिक वर्ष २०८० /०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको उल्लेख गर्नुभयो । उहाँले ‘चालु आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा भएको पनि बताउनुभयो ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशकशाक्यले भन्नुभयो ‘आगामी दिनमा प्राधिकरणको भावी योजना बनाउन, आफ्नो कार्यकालमा हुने कामको मूल्यांकन गर्नका लागि श्वेतपत्र जारी गरिएको हो ।’ उहाँले भन्नुभयो ‘मैले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेसङ्गै गरिएको कार्यसम्पादन मूल्यांकनका लागि पनि यो आवश्यक थियो ।’
उहाँले प्राधिकरणले प्रस्तुत गरिएको तथ्यांकको आधार र स्पस्टता बनाउनका लागि श्वेतपत्र जारी गरिएको बताउनुभयो ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले आर्थिक वर्ष २०८० ।०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको उल्लेख गरे । उहाँले भन्नुभयो ‘चालु आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा भएको तर आयकर ऐनको प्रावधान अनुसार थप हासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिन्छ।
महालेखाको प्रतिवेदन अनुसार लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदाहरु मध्ये संस्थाले ७ अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको र ४ अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखाङ्कन गरेको तथा २९ अर्ब ९१ करोड आम्दानी नबाँधेको देखिएको शाक्यले बताउनुभयो । समग्रमा आव २०८०।८१ मा देखाएको नाफा नोक्सान हिसाबमा थप समायोजन गरी नाफा नोक्सान कायम गर्नुपर्ने देखिएको र यसमा संभावित दायित्व समेत बापत हुन आउने नोक्सानी संलग्न नरहेको जनाइएको छ ।
महालेखाको प्रतिवेदनमा औल्याइएको कैफियत र नेविप्राले तयार गरेको वासलात तथा नाफा नोक्सान विवरण आदिमा मुलभूत रुपमा फरक पर्न गएकोले यस संस्थाको वास्तविक आर्थिक अवस्था पहिचान गर्ने प्रस्तुत तथ्याङ्कको विश्वसनियता कायम गर्ने हेतुले प्राधिकरणको वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्यांकन लगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्नका लागि सम्पत्ति दायित्व मूल्यांकन (डीडीए)को प्रक्रिया अगाडि बढाइनेछ, उहाँले भन्नुभयो । डीडीए पश्चात् प्राप्त वास्तविक वित्तीय विवरण सहितको प्रतिवेदन यस स्वेतपत्रको अनुक्रममा जारी हुने छ ।


















