Prakash Adhikari July 25, 2018

काठमाडौँ, ८ साउन । प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारमाथि दबाब दिन नेपाल तरुण दलले मंगलबार माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेको छ ।

तरुण दलको अगुवाईमा भएको विरोध र्याली माइतीघर मण्डलबाट नयाँ बानेश्वरमा पुगी विरोध सभामा परिणत भएको थियो ।

तरुण दलको नेतृत्वमा भएको विरोध प्रदर्शनमा उपत्यकाका तीन वटै जिल्लाका नेपाली कांग्रेसको कार्यसमिति र उसका भातृ तथा शुभेच्छुक संस्थाहरुको सहभागिता रहेको थियो ।

नयाँ बानेश्वरमा भएको विरोधसभामा नेपाली कांग्रेसका काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँ, ललितपुर जिल्ला सभापति मदन अमात्य तथा भक्तपुर लिल्ला सभापति दुर्लभ थापालगायतले प्र डा केसीसँग वार्ताको पहल गर्न सरकारलाई आग्रह गर्नुभएको थि यो ।

Share Now

Leave a comment.