Prakash Adhikari May 4, 2025

 

बेंगलुरु(कर्नाटका), २१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत शनिवार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै शीर्षस्थानमा उक्लेको छ ।

आरसीबीले घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा शनिबार चेन्नईलाई २ रनले पराजित गर्‍यो । अन्तिम ओभरमा चेन्नईलाई जितनिम्ति १५ रन चाहिएको थियो । कप्तान महेन्द्रसिंह धोनी र रवीन्द्र जडेजाले पहिलो दुई बलमा १–१ रन जोडे । तेस्रो बलमा यश दयालले धोनीलाई एलबीडब्लु आउट गरेपछि आरसीबीको सम्भावना बलियो बन्यो ।

तर इम्प्याक्ट खेलाडीको रूपमा आएका शिवम दुबेले चौथो बलमा छक्का प्रहार गरे, जुन नो बल पनि थियो ।

चेन्नईलाई ३ बलमा ६ रन बनाउनुपर्ने आवश्यकता बनेको थियो । साथमा फ्री हिट थियो । तर दुबेले फ्री हिटमा १ रनमात्र बनाउन सके । त्यसपछिको २ बलमा जडेजा र दुबेले १–१ रनमात्र बनाए । २ सय १४ रनको लक्ष्य पाएको चेन्नईले ५ विकेट गुमाई २ सय ११ रनमा समेटियो ।

आरसीबीले नाटकीय विजय हात पार्दै क्वालिफायर १ मा आफ्नो दावेदारी प्रस्तुत गरेको छ । आरसीबीले ११ खेलमा १६ अंक जोडेको छ । मुम्बई इन्डियन्स र गुजरात टाइटन्स समान १४ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

१० टोली प्रतिस्पर्धी आइपीएलको शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् भने त्यसका शीर्ष दुई टोलीले क्वालिफायर खेल्नेछन् । चेन्नई यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । ११ खेलमा नवौं हार बेहोरेको चेन्नई ४ अंकसहित पुछारमा छ ।

ज्यउभ क्ष्ख्ँ
ल्ष्चखष्प ल्बचष्
क्गलचष्कभ दबलप
चेन्नईबाट १७ वर्षे आयुश म्हात्रेले ९४ रन बनाए । साइक रशिद ११ बलमा १४, साम करन ५ रन बनाई आउट भएको अवस्थामा म्हात्रे र जडेजाले तेस्रो विकेटमा ६४ बल खेल्दै १ सय १४ रनको साझेदारी गरे । ट्वान्टी–२० मा केवल चौथो म्याच खेलिरहेका म्हात्रेले ४८ बल खेल्दै ९ चौका र ५ छक्का प्रहार गरे । जडेजा ४५ बलमा ७३ रन बनाई अविजित रहे । उनले ८ चौका र २ चौका प्रहार गरे । म्हात्रे र डेवाल्ड ब्रेभिसलाई लुङ्गी एनगिडीले लगातार बलमा आउट गरे । धोनीले ८ बलमा १ छक्कासहित १२ रन बनाए । एनगिडीले ४ ओभरमा ३० रन खर्चेर ३ तथा क्रुनाल पाण्ड्ये र दयालले १–१ विकेट लिए ।

यसअघि ओपनरद्वय ज्याकब बेथल र विराट कोहलीको अर्धशतक तथा रोमारियो सेफर्डको आक्रामक ब्याटिङमा आरसीबीले २१३–५ को स्कोर बनाएको थियो । बेथल र कोहलीले १० ओभरमा ९७ रन जोडेर आरसीबीलाई उत्कृष्ट सुरुआत दिलाए । बेथलले ३३ बलमा ८ चौका र २ छक्कासहित ५५ तथा कोहलीले ३३ बलमा समान ५ चौका र छक्कासहित ६२ रन बनाए ।

तर १८ ओभरको समाप्तिमा टोली १५७–५ को स्कोरमा पुगेको थियो । सेफर्डले यहींबाटआफ्नो स्वरुप देखाए । उनले १९ औं ओभरमा खलिल अहमदलाई ४ छक्का र २ चौकासहित ३३ रन प्रहार गरे । अन्तिम ओभरमा माथिसा पाथिरानालाई सेफर्डले २–२ चौका र छक्का प्रहार गरेपछि आरसीबीले त्यो ओभरमा कुल २१ रन जोडेको थियो ।

अन्तिम बलमा छक्का प्रहार गर्दै सेफर्डले १४ बलमा ५३ रन बनाएका थिए । आईपीएलमा सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान १३ बलमा छ, जुन राजस्थानका यशस्वी जैसवालले दुई वर्षअघि कोलकाता नाइट राइडर्सविरुद्ध बनाएका थिए । सेफर्डले १४ बल खेल्दै ४ चौका र ६ छक्का प्रहार गरे । पाथिरानाले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । तर अहमदले ३ ओभरमा ६५ रन खर्चिएका थिए ।

Share Now