Prakash Adhikari November 3, 2017

काठमाडौ, १७ कार्तिक । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनले आफ्नो घोषणापत्र अनौपचारिक रुपमा सार्वजनिक गरेको छ।

गठबन्धनले घोषणापत्रमा समृद्धिका २५ कार्यक्रमसहितका योजनाहरु प्रस्तुत गरेको छ।

घोषणापत्रमा वाम गठबन्धनले कांग्रेसलाई पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने, श्रमजीवि जनताको विरोधी र लोकतन्त्रलाई आफ्नो अनुकुल परिभाषित गर्ने पार्टीको रुपमा चित्रित गरेको छ।

वाम गठबन्धन संघीय समाजवादी फोरमप्रति नरम र राष्ट््िरय जनता पार्टीप्रति आलोचकको रुपमा देखिएको छ। बामगठबन्धनले राजपालाई सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने दलाल पुँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी भनेको छ भने संघीय समाजवादी फोरमलाई राष्ट्रियस्तरमा विस्तारित हुन प्रयाशरत तराई–मधेश आधारित पार्टीको रुपमा चित्रित गरेको छ।

राप्रपालाई भने राजतन्त्रात्मक व्यवस्थाका समर्थक र त्यसलाई पुनर्स्थापना गर्न चाहनेहरुको पार्टीको रुपमा वाम गठबन्धनले लिएको छ। ‘राप्रपाका कतिपय नेताहरुमा देशभक्तिको भावना पाइए पनि मूलतः यो अवसरवादी, ढुलमुले र पश्चगामी चरित्रको पार्टी हो’ वाम गठबन्धनको घोषणापत्रमा भनिएको छ।
प्रस्तुत छ, घोषणापत्रको पूर्ण पाठ

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणा पत्र- वाम गठबन्धन://drive.google.com/open?id=0B7ONTwZp18NoT1dUWjlvVTJfeVk

 

Share Now

Leave a comment.