काठमाडौं, ३० वैशाख(एजेन्सी) । विराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडरबीचको खेलसँगै आइपिएल २०२५ को पुनः सुरु हुने भएको छ।
इन्डियन प्रिमियर लिग (आइपीएल) को खेल शनिवार ( मे १७)मा सुरु हुने भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआइ) ले जनाएको छ । बीआइसीसीले सोमवार परिमार्जित तालिका सार्वजनिक गर्दै फाइनल जेठ २० ( जुन ३ ) गते हुने जनाएको छ।
यसअघि, भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण गत हप्ता आइपीएल २०२५ सिजन स्थगित गरिएको थियो। शनिवार युद्धविरामको घोषणा भएपछि प्रतियोगिता पुनः सुरु हुने बाटो खुलेको हो।
क्वालिफायर १ जेठ १५ गते (मे २९) र इलिमिनेटर जेठ १६ गते (मे३०) मा हुनेछ। त्यस्तै क्वालिफायर २ जेठ १८ गते (जुन १) हुनेछ।
प्लेअफ खेलहरुको स्थान अझै घोषणा गरिएको छैन। आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘प्लेअफ खेलहरुको स्थलबारे विवरण पछि सार्वजनिक गरिनेछ।’
लिग चरणको खेल जेठ १३ गते (मे २७) लखनऊ सुपर जाइण्ट्स र आरसीबी बीच एकाना स्टेडियममा हुनेछ।
संशोधित पहिलो डबल हेडर )एकै दिन दुई खेल) आइतवार (मे १८)मा हुनेछ।
दिउँसोको खेल राजस्थान रोयल्स र पञ्जाब किंग्स बीच जयपुरमा
साँझको खेल दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स बीच दिल्लीमा


















