Prakash Adhikari May 15, 2025

काठमाडौं, १ जेठ । सरकारले गभर्नर सफारिस समिति पुनर्गठन गरेको छ।

अर्थ मन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको समितिमा सरकारले अर्थविद् डा. पोषराज पाण्डेलाई मनोनयन गरेको छ । समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी पनि सदस्य हुनुहुन्छ ।

यस अघिको समितिका सदस्य डा विश्व पौडेलले गभर्नर बन्ने सम्भावनाकावीच राजीनामा दिएपछि समिति पुनर्रगठन भएको हो।

Share Now