Prakash Adhikari May 15, 2025
काठमाडौँ, १ जेठः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज ८.४१ अङ्कले २६११.८५ को विन्दुमा कायम भएको हो ।
आज ३ सय २० कम्पनीको १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता शेयर ७८ हजार ४ सय ९३ पटक खरिदबिक्री हुँदा रु ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार २ सय ४०.६३ को कारोबार भएको हो । आज ८२ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ६४ कम्पनीको घटेको छ भने एउटा स्थिर अवस्थामा छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको मूल्य बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ ।
आज होटल समूहको परिसूचक सबैभन्दा बढी वृद्धि भएको छभने विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।
Share Now