Prakash Adhikari May 23, 2025

 

बागलुङ, ९ जेठ  । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई बागलुङ नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ।

सो अवसरमा नगर प्रमुख बसन्त कुमार श्रेष्ठले अभियानको सफलताको शुभकामना दिँदै नगरपालिकाका आवश्यकताबारे उल्लेख गरिएको ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्नुभएको थियो।

त्यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले जिल्लाका समस्या र सम्भावनाबारे धारणा राख्दै पूर्वप्रधानमन्त्रीबाट आवश्यक सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पातीहाल्नी हुँदै बागलुङ प्रवेश गरेपछि विभिन्न स्वागत तथा जनभेटघाट कार्यक्रमहरूमा प्राप्त जनसहभागिता उत्साहजनक रहेको बताउनुभयो।

उहाँले आफूले प्रस्तावित गरी निर्माण थालिएको मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लामा सबैभन्दा बढी दुरी रहेको उल्लेख गर्दै, माओवादी केन्द्र सरकार मा हुँदा पहाड क्षेत्रमा पूर्व–पश्चिम चुरे करिडोरमार्फत राष्ट्रलाई एकताबद्ध गर्ने प्रयास गरिएको स्पष्ट गर्नुभयो।

अध्यक्ष प्रचण्डले बागलुङको विकास आवश्यकता अनुसार नगरपालिका र जिल्लाले अघि सारेका योजनाहरूमा पार्टी र नेतृत्वको तर्फबाट आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मध्यपहाडी राजमार्गले जोडेका बाग्लुड. विभिन्न बस्तीमा आयोजित कार्यक्रममा सहभागी बन्दै कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहाल नेतृत्वको टिम आजै पर्वत प्रवेश गरेको छ। दाहालको टोलीलाई बाग्लुडबाट पर्वत प्रवेश विन्दु मालढुंगा पुलको मुखमा पर्वतका नेता र कार्यकर्ताहरुले स्वागत गरेका थिए । त्यसपछि पर्वतको सदरमुकाम कुश्मामा आयोजित कार्यक्रममा उहाँलाई स्वागत सत्कार गरिएको थियो । माओवादी अध्यक्ष दाहालले कुश्माको कार्यक्रमलाई संबोधन पनि गर्नुभएको थियो ।

Share Now