Prakash Adhikari May 23, 2025

पोखरा(कास्की) । नेपाल पुलिस क्लबले नवौं पीएम कप एनभीए लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ भने महिलातर्फ पनि विजयी सुरुआत गरेको छ ।

आज भएको खेलमा पुलिस क्लबले कोशी प्रदेशलाई सोझो सेटमा हरायो।

पोखराको कभर्ड हलमा आज भएको खेलमा पुलिसले कोशीलाई कुनैपनि मौका दिएन ‌। पुलिस २५(१२, २५(२९ र २५(१५ ले विजयी भयो । हिजो पुलिसले मणि मुकुन्दलाई हराएको थियो‌।

आजै भएको महिलातर्फको खेलमा साविक विजेता पुलिसले जितका सााथ सुरुवात गरेको छ।

पुलिसले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा माथ दियो। एकपक्षीय बनेको खेलमा पुलिसले २५(२९,२५(१८ र २५(१८ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण तीन अंक जोडेको छ।

एभरेष्टले हिजो त्रिभुवन आर्मी क्लबलाई ३(१ ले हराएको थियो। २ खेलमा उसले एक जित र एक हार बेहोरेको छ।

त्यसअघि आज बिहान भएको खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई सोझो सेटको जितमा लिगमा सानदार सुरुवात गरेको छ।

खेल एकपक्षीय बन्यो। जहाँ न्यु डायमण्डले २५(१३, २५(१० र २५(१० ले पराजित गर्यो। आज पुरूषतर्फ चार खेल हुने तालिका रहेको छ।

नेपाल भलिबल संघको आयोजनामा एक‌ साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले‌ सेमिफाइनल खेल्ने छन् ।

दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।

लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

Share Now