काठमाडौं, १० जेठ । नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेललाई भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त दिनुभएको छ ।
शुक्रबार भएको भेटका क्रममा उहाँहरूबीच पूँजी बजारलाई गतिशील बनाउने विषयमा छलफल पनि भएको थियो । उहाँहरुले देशको वित्तीय प्रणालीलाई गतिशील र अनुशासित बनाउँदै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउन नियामक निकायहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहने कुरामा जोड दिनुभयो ।
भेटमा पूँजी बजारलाई चलायमान र नयाँ उचाइमा पुर्याउनका लागि लगानीकर्ताहरूबाट समयसमयमा उठेका मागहरूलाई उचित सम्बोधन गर्ने सम्बन्धमा समेत छलफल भएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।


















