Prakash Adhikari June 26, 2025

काठमाडौँ, १२ असारः बुधबार रातीको वर्षाका कारण देशका तीनवटा ठूला राजमार्ग अवरुद्ध बनेका छन् ।

सडक विभागका अनुसार, सहिद मार्ग योजनाअन्तरगत पर्ने कोइलाबास–लमही, अर्जुनखोला– घोराही, होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडककाे रोल्पा खण्डमा पर्ने कृष्णभीर भन्ने स्थानको सडक बुधबार राती परेको बर्षाका कारण माथिबाट पहिरो आइ सडक अवरुद्ध गरेको हो ।

त्यस्तै, बुधबार कै बर्षाले ठोरी–भरतपुर, मुग्लिन–आबुँ खैरेनी, गोरखा–घ्याप्सेसाल जोड्ने सडक पनि अबरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका अनुसार, चितवनखण्डमा केही सडक पहिरोका कारण पुरिएर यातायात अवरुद्ध बनेको हो ।

त्यस्तै, सालझन्डी–सन्धीखर्क ढोरपाटन सडक योजनअन्तरगत अर्घाखाँचीको निगाली देउराली भन्ने स्थानमा सडक अवरुद्ध बनेको हो । त्यस्तै, पूर्व पश्चिम राजमार्गअन्तरगत नवलपरासीको विनयी खोला भन्ने स्थानको सडक विगत एक हप्तादेखि अवरुद्ध छ ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको सडक विभागले जनाएको छ ।

Share Now