Prakash Adhikari June 27, 2025

 

काठमाडौं, १३ आषाढ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आउदो अगस्टमा अस्ट्रेलियामा टप इण्ड टी २० क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार विज्ञप्ति जारी गर्दै अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलिया भ्रमणमा टप इण्ड टि ट्वान्टी सिरिज खेल्ने जानकारी दिएको छ ।

नेपाली टोलीले अस्ट्रेलियामा टी २० विश्वकप २०२६ को एसिया छनोटको तयारी गर्नेछ । विश्वकपको एसिया छनोट १ देखि १७ अक्टोबरसम्म ओमानमा हुँदैछ । सिरिजमा नेपालले कम्तिमा ६ खेल खेल्ने क्यानले जनाएको छ ।

अस्ट्रेलिया भ्रमणको क्रममा टोलीले डार्विनमा रहेको डिएक्ससि एरिना, टिआइओ स्टेडियम तथा काज्लिस् एरिनामा सिरिजका खेलहरु खेल्नेछ ।

गत वर्ष यो सिरिजमा पाकिस्तान तथा बंगलादेशको ए टिम तथा बिग बास लिग (बीबीएलं का विभिन्न टोलीहरुको सहभागीता रहने थियो । सिरिजको खेल तालिका अर्को हप्ता सार्वजनिक हुने क्यानले बताएको छ ।

Share Now