Prakash Adhikari July 11, 2025

काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्नुभएको छ । गभर्नर बनेपछि डा पौडेलले सार्वजनिक गरेको यो पहिलो मौद्रिक नीति हो ।

पौडेलले सजगतापूर्वक लचिलो कार्यदिशासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुभएको छ ।

समग्र माग अभिवृद्धि गर्न र निक्षेपको ब्याजदर ऋणात्मक हुन नदिन सजगता अपनाउने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको गभर्नर पौडेलले बताउनुभयो।

गभर्नर पौडेलले सार्वजनिक गरेको पहिलो मौद्रिक नीतिमा नेपाल सरकारको आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत पूरा गर्न विदेशी विनियम सञ्चिति पर्याप्तता ७ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेगरी कायम राख्दै मुद्रास्फीति ५ प्रतिशत राख्ने मौद्रिक नीतिको लक्ष्य लिइएको छ । मौद्रिक तरलता र विदेशी विनियम नीतिलाई सोही अनुसार व्यवस्थापन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभएको छ ।

मौदिक नीतिको पूर्ण पाठ यस्तो छः

https://drive.google.com/drive/home

Share Now