Prakash Adhikari July 11, 2025

 

ढाका(बंगलादेश), २७ आषाढ । बंगलादेशमा सुरु भएको साफ यु २० महिला च्याम्पियनसिपमा नेपालले पहिलो हाफमा भुटान विरुद्ध ३-० को अग्रता बनाएको छ।

नेपालका लागि सेनु परियारले दुई तथा पूर्णिमा राईले एक गोल गरेका छन् ।

सेनुले नवौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । वर्षा ओलीको पासमा सेनुले बल अघि बढाउँदै पेनाल्टी बक्स बाहिरबाट गोल गरिन् । यस्तै पूर्णिमाले १८औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । वर्षाले नै दायाँ भागबाट दिएको क्रसमा पूर्णियाले सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरिन् ।

त्यसपछि सेनुले ४५औ् मिनेटमा गोल गर्दै नेपालको अग्रता ३- ० पुर्‍याइन् । वर्षाले नै बक्स बाहिर दिएको पासमा सेनुले विपक्षी खेलाडीलाई छल्दै बल बक्सभित्र पुर्‍याएर व्यक्तिगत दोस्रो गोल गरिन् ।

Share Now