Prakash Adhikari July 17, 2025

ढाका(बंगलादेश), १ साउन । बंगलादेशको राजधानी ढाकामा भईरहेको साफ वुमेन्स यू २० च्याम्पियनसिपमा नेपालले बिहीबार तेस्रो जित निकालेको छ ।

ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा भएको खेलमा नेपालले श्रीलंकालाई ७-० ले हराएको हो ।

 

प्रतियोगितामा नेपालको यो तेस्रो जित हो र यससँगै नेपालको चार खेलबाट नौ अंक जोडेको छ । डबल राउन्ड रोबिनको आधार चलिरहेको प्रतियोगितामा नेपाल यसअघि पनि श्रीलंकालाई ७(० ले नै हराएको थियो ।

यस पल्टको नेपालको जितमा समीक्षा मगरले दुई गोल गरिन । यस्तै पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र विर्षणा चौधरीले एक एक गोल गरे । अर्को एउटा गोल आत्मघाती रह्यो ।

आजको खेलमा अनिषा राई भने पेनाल्टीमा गोल गर्न चुकिन । चार टिम सम्मिलित प्रतियोगितामा अहिलेसम्म श्रीलंकाले कुनै खेल जित्न सकेको छैन । आजै हुने दोस्रो खेलमा बंगलादेश र भुटानबीच भीडन्त हुने भएको छ ।

Share Now