Prakash Adhikari July 19, 2025

:
ढाका(बंगलादेश), ३ साउन । साफ यू २० महिला च्याम्पियनसिप अन्तरगत आज सम्पन्न खेलमा नेपालले प्रतिस्पर्धी भुटानलाई ठूलो गोलअन्तरले पराजित गरेको छ ।

ढाकाको बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु भएको खेलमा नेपालले भुटानलाई ८-० गोलअन्तरले पराजित गरेको हो ।

आज खेल सुरु भएको पहिलो मिनेटमा नै नेपालकी छरिती खेलाडी मीना साउदले पहिलो गरिन । खेल नवौं मिनेटमा पुग्दा नेपालकी समीक्षा मगरले अर्को गोल गरिन । समीक्षाले गोल गरेको ३ मिनेटभित्रै मीनाले अर्को गोल गरिन । नेपालको गोलको बर्षा त्यतिमा रोकिएन । खेल २३ औं मिनेटमा चल्दा पूर्णीमा राईले अर्को गोल थपिन । प्रतियोगिता यो उनको आठौं गोल हो । पहिलो हाफको इन्जुरी समयमा पूर्णीमाले अर्को गोल थपिन । लगत्तै उनले अर्को गोल हानिन् । यसरी पहिलो हाफमा नै नेपाली यु -२० टोलीले आधा दर्जन गोलको बर्ष गरे ।

दोस्रो हाफमा नेपालले दुई गोलमात्र थप्न सक्यो । खेलको ६४ औं मिनेटमा कुसुम खतिवडाले एक गोल थपिन र नेपालको गोल संख्या सात पुर्याइन । त्यसको एकै मिनेटमा मीना साउदले अर्को गोल गरेर आज ह्याट्रिक पूरा गरिन ।

दोस्रो हाफमा भुटानले केही गोल गर्ने सुनौला मौका पायो । पोष्टमा छिरिसकेको बल पनि रिबाउण्ड भएर बाहिरियो । यसरी भुटान गोलरहित हुन गयो ।

यो खेलसंगै नेपाल पाँच खेलमा चौथो विजय निकाल्दै १२ अंकसहित अंक तालिकाको शीर्षमा पुगेको छ । बंगलादेशको पाँचौ खेलको नतिजा आइनपुगेकोले नेपाल शीर्षमा पुगेको हो । बंगलादेशले भने अहिलेसम्मका खेलमा शतप्रतिशत नतिजा निकालेको छ । आज उसले श्रीलंकासंग प्रतिस्पर्धा गरिरहेको छ । यो खेल जितेमा स्वभाविक रुपमा बंगलादेशका १५ अंक हुने छ । उही शीर्ष स्थानमा पुग्ने छ ।

अब नेपालले एक खेल आयोजक बंगलादेशसंग खेल्न बाँकी छ । पहिलो खेलमा नेपाल र बंगलादेश बराबरीमा थिए । इन्जुरी समयको अधिकांश समय बंगलादेशलाई रोक्न सफल भएको नेपाल अन्तिम मिनेटमा डी बक्समा पुगेको बल रोक्न असमर्थ भयो । बंगालादेशी खेलाडीहरुमा बललाई डी बक्समा पुर्याएर गोल हाने बानी रहेछ । डी बक्समा पुगेको बल हानेपछि नेपाली गोलकिपर हतास हुने प्रवृत्ति देखिएको छ ।

यो कमीलाई सुधार गरेमा नेपाली चेलीले बंगलादेशसंगको अर्को खेल जित्ने आशा गर्न सकिन्छ । बंगलादेशपछि भएका श्रीलंका र भुटानसंगको खेलमा नेपाली खेलाडीहरुले पनि डी बक्सबाट गोल गर्ने प्रयास गरेको देखिन्छ । नेपाली खेलाडीहरु जहाँबाट पनि गोल गर्न माहिर देखिएका छन् ।

यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो ।दोस्रो खेलमा नियमित समय र इन्जुरी समयको लामो समय बराबरीमा रहेको नेपालले बंगलादेशले अन्तिम मिनेटमा गोल गरेपछि ३-२ गोलअन्तरले पराजित भएको थियो । तेस्रो र चौथो दुवै खेलमा नेपालले श्रीलंकालाई ७-० को गोलअन्तरले पराजित गर्यो ।

Share Now