Prakash Adhikari July 26, 2025

कोपनहेगन(डेनमार्क), १० साउन । गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपालको संयुक्त टोलीले डेनमार्कमा जारी डाना कप २०२५ को यु १४ तर्फको उपाधि जितेको छ।

एजी टेनका अनिल गुरुङले केन्याको टोलीलाई शुक्रवार ३-० ले पराजित गर्दै नेपाली टोली उपाधि नजिक पुगेको बताउनुभएको छ।

फाइनलमा नेपाली टोलीका रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरेका थिए।

त्यसअघि युएईको आइएफए स्पोर्टसलाई ३-० ले पराजित गर्दै नेपाली टोली फाइनल पुगेको थियो।

सेमिफाइनलमा रिहान बुद्ध मगर, तेजस श्रेष्ठ र युयुत्सु मणि तिमल्सिनाले गोल गरेपछि नेपाली टोली फाइनल पुगेको हो।

Share Now