Prakash Adhikari July 29, 2025

काठमाडौं, १३ साउन । भुटानमा हुने एएफसी महिला यु–२० एसियन कपको लागि नेपाली युवा महिला टोलीको घोषणा भएको छ ।

टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले आइतबार २३ सदस्सीय टोली नेपाली युवा टोली घोषणा गरेका हुन् ।

बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपको उपविजेता टोलीमा रहेकी झुमा विश्वकर्मालाई बाहेक सबै निरन्तरता दिइएको छ। झुमाको ठाउँमा सजिना स्याङ्तानलाई टोलीमा राखिएको छ ।

नेपाली टोलीले साउन २१ देखि २६ (अगस्ट ६–११ ) गते सम्म भुटानमा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह ‘ए’ मा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरबसँग छ । समूहमा रहेको मंगोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।

छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ। ३२ राष्ट्रको सहभागीता रहेको छनोटमा ८ समूह रहेका छन् ।

हरेक समूहका विजेता ८ टोली तथा उत्कृष्ट ३ उपविजेता टोलीले आगामी वर्ष थाइल्याण्डमा हुने यु २० एसिया कपमा स्थान बनाउनेछ । नेपालको पहिलो खेल आयोजक भुटानसंग हुने छ ।

नेपाली युवा टोली

लिला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर

Share Now